धेरै गुलियो खाने बानी छ ? आजै खान छाड्नोस् ! नत्र पछुताउनु पर्ला


काठमाडौँ । कोही कोही मानिस गुलियो भनेपछि हुरूक्कै हुन्छन् । तर, गुलीयो खानेकुरा विष समान पनि हुन सक्छ ।

तत्कालै त्यसले असर नगरे पनि गुलियो खानेकुराले कालान्तरमा अनेकौँ समस्या आइलाग्न सक्छ । आज हामी अत्याधिक गुलियो खाँदा हुने हानीबारे चर्चा गर्दैछौँ ।

१. लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

२. जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

३. अत्याधिक गुलियो खाँदा छालामा गम्भीर असर पर्दछ । बढी गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

४. धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

५. गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रुघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

६. नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रुपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope