सुरेन्द्र पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल

७ मंसिर २०७७, आईतवार ०७:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको अभद्र ब्यवहारको भत्र्सना गरेका छन् ।

आज एक विज्ञप्ति निकालेर नेपालले सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको बताए । वरिष्ठ नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् 

लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भन्दै नेपालले घटना गर्ने र गराउनेलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

पाण्डे सहभागी कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षका जिल्ला नेताहरुले केहीबेर अवरोध गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.