ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com