करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् ।
केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए ।
इकाइको पहलमा आइतबार जनप्रतिनिधि, राजनितिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो ।
मंसिर १५ गतेभित्र केवलकार संचालन गर्न माग गरिएको उनले जानकारी दिए । मनकामना बजार यसअघि खुलिसकेको बताउदै श्रेष्ठले भने, ‘केवलकार मात्र बन्द हो, मोटरबाटोबाट भक्तजनहरु आइरहनुभएको छ, मन्दिर भित्र प्रवेश गर्न नपाएपनि बाहिरबाटै पूजाआजा गर्ने, नरिवल चढाउने गर्नुहुन्छ, बोका पनि मन्दिर वरपर पर्साएर होटलमा लगेर काट्ने गर्नभएको छ,’ उनले भने ।
केवलकार सञ्चालक मनकामना दर्शन प्रालिलाई पनि आफूहरुले अनुरोध गरिसकेको उनको भनाइ छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com