विप्लब समूह वार्ताका लागि तयार

९ मंसिर २०७७, मंगलवार ०८:०४

काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले सरकारसंग वार्ताका लागि तयार रहेको जनाएका छन् ।एक अनलाइनसँगको अन्तरवार्तामा चन्दले आफूहरू सधैँ वार्ताको पक्षमा रहेको बताउँदै राज्यले औपचारिक आह्वान गरे वार्ताका लागि तयार रहेको उनको भनाई छ ।

 “वार्ता र संवादको हकमा हामी सधै क्लियर छौँ। हामीले पार्टी बन्ने बेलामा रत्नपार्कबाटै हाम्रा कुरा सुन भनेका थियौँ। प्रचण्डसँग विद्रोह गर्दा पनि हामीले राज्यले हाम्रा कुरा सुन्नुपर्छ भनेका थियौँ। हाम्रा कुरा सुन्नुपर्छ भन्नुको अर्थ वार्ता गरौँ भनेको हो नि त,” चन्दले भनेका छन्, “सरकारले साँच्चै वार्ता चाहेको हो भने इमानदार भएर औपचारिक आह्वान गरोस्। हामी तयार छौँ।”

उने आफुहरु अहिले भुमिगत नभएको बताएका छन् “पञ्चायतको बेलामा भूमिगत हुनुपथ्र्यो होला, तर अहिले हामी भूमिगत छैनौँ। हामी जनताको बीचमा छौँ। हामी प्रतिस्पर्धामा छौँ,”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.