बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु

११ मंसिर २०७७, बिहीबार १६:५१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त समेत भएका छन् । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएका छन् ।

अहिले सम्ममा देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.