कास्की जिल्ला भित्र बैंकिङ प्रणाली सुरु

१२ मंसिर २०७७, शुक्रबार १५:२०

पोखरा, मंशिर १२

कास्की जिल्ला भित्र जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतका ट्राफिक प्रहरी ईकाईहरुबाट सवारी नियम उल्लंघन गरे वापत सम्वन्धित सवारी धनी तथा चालकले जरिवाना रकम सिधै नेपाल सरकारको राजश्व खातामा जम्मा गर्ने पर्ने व्यवस्था गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गरी संकलन गरिने साथै राजश्व रकमलाई थप पारदर्शी बनाउनको लागि बैंकिङ प्रणाली मार्फत यसका लागि कार्यालयको  पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थित नवनिर्मित कार्यालय भवनमा ग्लोवल आई. एम.ई बैंकको काउण्टर स्थापना गरी बैंकिङ प्रणाली मार्फत राजश्व संकलन कार्य सुरु गरिएको हो ।

जिल्लाको समग्र  ट्राफिक व्यबस्थापनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सवारी नियम उलंघन गरे वापत ट्राफिक प्रहरीले संकलन गर्ने राजश्व रकमलाई सेवाग्राही स्वयंले बैंक मार्फत भुक्तानी गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आफ्ना कागजपत्र बुझि लिन सम्वन्धित सरोकारवाला, सवारी धनी तथा चालकहरुमा हार्दिक अनुरोध  गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.