प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई सीमा विवाद वार्ताबाटै हल गर्ने सन्देश दिएका छन्
प्रधानमन्त्री ओलीले दुईदिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलामार्फत यस्तो सन्देश पठाएका हुन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवादलगायत नेपाल–भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएका हुन्।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘भारतीले विदेशसचिवले हाम्रा समस्यालाई वार्ताद्वारा समाधान गर्न चाहन्छौँ भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौँ र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौँ । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौँ । नयाँ उचाईमा पुऱ्याउन चाहन्छौँ । त्यसका लागि हामीले हामीसित रहेका केही समस्याहरू छन्, तिनीहरूको समस्या संवादको माध्यमबाट गर्नुपर्छ, सीमालगायतका सबै विषयलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौँ, त्यो हल गरेर नै हामीले समस्याहरूलाई थाती राखेर होइन, तिनीहरूको समाधान गर्दै अगाडि जाँदा नै नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्दछ ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com