काठमाडौं- एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन्।
चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन्।
एयर चाईनाको विमान मार्फत भित्रुवन विमानस्थल अवतरण गरेका उनी अहिले बालुवाटारस्थित चिनियाँ दूतावास खाना खाएर औपचारिक भेटघाटमा सक्रिय हुने कार्यक्रम छ।
चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतीसँग औपचारिक भेटवार्ता गर्नेछन्। एक दिने भ्रमण पुरा गरेर वेई आजै साँझ फिर्ता हुनेछन्।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com