जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ।
विभागले दिएको जानकारी अनुसार राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
भोलि मौसम खासै प्रभावित नहुने भएपनि पर्सि भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com