ट्राफिक प्रहरीले अनलाईनबाटै ट्राफिक सचेतना कक्षा सुरु गरेको छ । कोरोना महामारीका कारण बन्द भएको कक्षा करिव ९ महिना पछि पुन संचालन भएको हो । ट्राफिक प्रहरी महाशाखाले सोमबारबाट अनलाईन सचेतना कक्षा सञ्चालन गरेको हो ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई दिइने उक्त कक्षा लकडाउन पहिला बग्गिखानमा गएर लिनु पर्थ्यो । तर कोरोना पछि बन्द भएको कक्षा पुन सञ्चालनमा आएको हो । पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटनामा वृद्धी भएको भन्दै ट्राफिक प्रहरीले अनलाईन सचेतना कक्षा पुन सुचार गरेको जनाउको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई सचेतना कक्षा दिदै आएको ट्राफिक प्रहरीले अबदेखि ट्राफिक लाईटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com