कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसरा ९ जनाको कोरोनाका कारण ज्यान गएको हो । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ८ हजार ३ सय नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ७ सय २३ सहित १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
एकैदिन १ हजार ५ सय ६७ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ६ सय ५ जना क्वारेन्टिनमा रहेका छन भने सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । यसैगरि देशभर आसियुमा ३ सय ६५ जना र भेन्टिलेटरमा ६४ जना उपचारत रहेका छन् ।।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com