भारतीय दुलही जसले आफ्नो विवाहको लागि प्यान्टसुट लगाईन

१७ मंसिर २०७७, बुधबार १६:५२

सन्जना रिषी भन्छिन् उनले हालसालै आफ्नो पारम्परिक भारतीय विवाहको लागि भिन्टेज, पाउडर-निलो प्यान्टसुट लगाएकी थिइन् किनकी उनले भनिन, “केवल मलाई सूट मनपर्छ”।

तर, उनको विवाहको पोशाकको साथ, उनले बोल्ड फेसन कथन पनि सुनाईन् – जसको कारण धेरै दुलहीहरूले पावर सूटको पक्षमा परम्परागत लुगा त्याग्छन कि भनेर अचम्मित पनी बनायो ।

पश्चिममा, दुलहीको पेन्टसुट्सले विगत केही वर्षहरूमा निकै चर्चा पाएको छ। डिजाइनरहरूले उनीहरूको विवाहको बेला ट्राउजरलाई प्रमोट गर्दै छन्, र उनीहरूले सेलिब्रेटीहरुको विज्ञापन पनि प्राप्त गरेका छन्। गत वर्ष, ‘गेम अफ थ्रोन्स’ अभिनेत्री सोफी टर्नरले लस भेगासमा संगीतकार जो जोनाससँग विवाह गर्दा सेतो ट्राउजर लगाएकि थिइन् ।

तर, श्रीमती रिषीको पोष्ट भारतको लागि असामान्य थियो – जहाँ दुलहीहरू प्रायः रेशम साडी वा विस्तृत लेहंगा (लामो स्कर्ट-ब्लाउज-स्कार्फ कम्बोज) मा लगाउँदछन्। मनपर्ने रंग प्राय रातो छ र धेरै महँगो सुन वा चाँदीको गरगहना हुन्छ ।

‘दुलही’ म्यागजिनका पूर्व सम्पादक नुपुर मेहता पुरी भन्छिन्, “म यस्तो लुगा लगाएको भारतीय दुलही कहिल्यै भेट्न सकेकी थिइनँ।” “दुलहीले प्रायः आफ्ना आमाहरू र हजुरआमाबाट परम्परागत गहनाका साथ भारतीय पोशाक लगाउन मन पराउँछन्।

“यो एकदम नयाँ कुरा थियो। र उनी साँच्चिकै बाहिर उभिएकी थिइन।”

एक भारतीय अमेरिकी उद्यमी, सुश्री रिषीले , बर्ष २९ ले २० सेप्टेम्बरमा राजधानी दिल्लीमा दिल्लीका व्यवसायी ध्रुव महाजन, बर्ष ३३, सँग विवाह गरिन ।

गत वर्ष भारत फर्कनु भन्दा अघि उनले अमेरिकामा कर्पोरेट वकिलको रूपमा काम गरिसकेका थिए र ती जोडी एक बर्ष सँगै बसेका थिए।

उनीहरूले सेप्टेम्बरमा अमेरिकामा विवाहको योजना बनाएका थिए – जहाँ दुलहीको भाई र उनका अधिकांश साथीहरू बस्छन् – र नोभेम्बरमा दिल्लीमा दोस्रो पारम्पारिक विवाह गरे ।

तर त्यसपछि कोविड भयो र उनीहरूको योजनाहरू “पूर्ण रूपले पछाडि सर्यो “।

सम्पुर्ण लेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोला।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.