एका विहानै हुम्ला विमानस्थलमा आगलागी

१८ मंसिर २०७७, बिहीबार ०७:५०

हुम्लाको सिमकोटस्थित विमानस्थलमा आगलागी भएको छ ।

विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहिबार बिहानै अचानक आगलागी भएको हो । आगलागिको कारण खुल्न नसकेपनि आगो प्रमुख बस्ने क्वाटर पार गरेर वाहिर निस्केपछिमात्र थाहा भएको प्रशासनले जनाएको छ ।

आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.