हलेसी धाम आठ महिना पछि खुल्ला भएको छ । कोरोना महामारीका कारण गत चैत्र ८ गते देखि बन्द गरिएको हलेसीका मुख्य गुफाहरु ( महादेव – पार्वती थान) र बसाह गुफा खुल्ला गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले सूचना टास गरेर हलेसी खुल्ला गरेको जनाएको छ । मंगलबार सूचना जारी गरेको नगरपालिकाले एक पटकमा बढिमा दश जनालाई मूलगेटबाट प्रवेश दिने , अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने नियम राखेको छ । जस्का लागि आवस्यक पुजा सामग्री मन्दिरलेनै गरेको छ ।
लामो समय पछि मन्दिर खुलेपछि श्रदालुको घुइचो बढेको छ । स्थानिय प्रशासनले कोरोना महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com