नेपाल ओलम्पिक कमिटीले विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा ‘स्पोर्टस अफ अल’ समिति गठन गरेको छ । खेलकुदमा जनचेता ल्याउने उदेश्य सहित समिति गठन गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ जानकारी दिए ।
आम नेपालीमा खेलकुदको महत्त्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना व्यक्त गर्दै श्रेष्ठले खेलकुदसंग मात्र नभइ अन्य सवै क्षेत्रलाई समेट्ने विश्वास व्यक्त गरेका छन् । श्रेष्ठको भनाई छ -‘खेलकुद खेलाडीसंग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ ।’
नवगठित समितिका अध्यक्ष श्रेष्ठले खेलकुद सवैका लागि र सधैका लागि भन्दै ओलम्पिक कमिटीले दिएको जिम्वेवारी पुरा गर्ने सधै प्रयत्नसिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् । श्रेक्ष्ठले भने- ‘खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रस“ग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’
अघिल्लो कार्यकाल समेत सफलता पुर्वक समालेका श्रेष्ठले यस पटकको ओलम्पिक डे लाई अझ शसक्त तरिकाले मनाउने समेत जनाएका छन् । प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउने गरीन्छ । श्रेष्ठको अध्यक्षतामा रहेको समिति ११ सदस्यीय रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com