पहाडी भू-भाग हल्का वर्षाको सम्भावना

१९ मंसिर २०७७, शुक्रबार ०६:५७

दिउँसो पहाडी भू-भागहरूमा सामान्य बदली रहने र बाँकी स्थानहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गरेको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.