विश्वभर हालसम्म ६ करोड ५७ लाख कोरोना संक्रमित

१९ मंसिर २०७७, शुक्रबार २०:२६

विश्वभर हालसम्म ६ करोड ५७ लाख ८ हजार २१ जना संक्रमित भएका छन् ।

वर्डमिटरको तथ्याङ्क हेर्ने हो भने कोरोना संक्रमितको सङ्ख्या  ६ करोड ५७ लाख ८ हजार २१ पुग्दा  ४ करोड ५५ लाख ४९ हजार २ सय ८७ जना कोरोना मुक्त भइसकेका छन ।

कोरोना कै कारण विश्वभर ज्यान गुमाउनेको संख्या १५ लाख १५ हजार १ सय ९१ रहेको छ । नेपालमा पनि पछिल्लो चौबीस घण्टामा १हजार २सय ७२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै २ लाख ३८हजार ८ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये २ लाख २१ हजार ८सय ४७ जना कोरोना जितेर घर फर्केका छन्  

कोरोनाका कारण चौबीस घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ। हाल देशभर क्वारेन्टिनमा ५ सय ३७ जना र सक्रिय संक्रमितको संख्या १५ हजार ४सय ४७ रहेको छ । मन्त्रालयले शुक्रबार मात्र देशभरका ७७ वटा प्रयोगशालाबाट गरीएको ८ हजार ४१ नमुना परीक्षणमा थप १हजार २सयको कोरोना परिक्षण गरेको जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.