२४ घण्टामा ६ लाख ६१ हजार ६३० संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार ०६:४७

विश्‍वमा हालसम्म छ करोड ५४ लाख ९९ हजार २५० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ६३० संक्रमित थपिएका छन्। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार ४१० जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख १० हजार ८३४ पुगेको छ। 

अहिलेसम्म चार करोड ५३ लाख ३९ हजार ७५० जना संक्रमणमुक्त भएका छन्।

विश्‍वमा हाल एक करोड ८६ लाख ४८ हजार ६६६ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ५१३ जना गम्भीर बिरामी छन्। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.