काँग्रेसको देशव्यापी प्रदर्शन

२० मंसिर २०७७, शनिबार ०७:२९

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडलमाथि बुधवार प्रशासनले गरेको दुव्र्यवहारका बारेमा छलफल गर्न शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।

देशव्यापी रूपमा बढेको भ्रष्टाचार, कोरोनाको असफल व्यवस्थापन र ठाउँ–ठाउँमा भइरहेका दमनका विरुद्धमा कांग्रेस सडकमा आउन लागेको कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

केही साताअघि बसेको बैठकले पनि संसदको विशेष अधिवेशन माग गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.