दुवै प्रतिवेदन स्थायी कमिटीमा पेश गर्ने सहमति

२० मंसिर २०७७, शनिबार १८:४६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश गर्ने सहमति भएको छ ।

 शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको  नेकपा सचिवालयको बैठकले पूर्वनिर्धारित समय आइतबार १ बजे स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निवारणबारे स्थायी कमिटीको बैठकमा पार्टीको संकट र त्यसको निवारणबारे  छलफल हुने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’

सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.