पिक आवरमा मोवाइल भ्यान निशेध

२० मंसिर २०७७, शनिबार ०७:३१

काठमाडौं उपत्यकामा पिक आवरमा मोबाइल भ्यान चलाउन रोक लगाइएको छ ।

कार्यालय लाग्ने र छुट्टी हुने समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सामान बोक्ने सवारी चल्न नदिइने काठमाडौ महानगरिय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

काठमाडौ उपत्यकामा पिक आवरको समयमा अत्याधिक जामको कारणले सर्वसाधरण नागरिकले सास्ती खेप्नु परेको भन्दै पिक आवरमा मोबाइल भ्यान हटाउने निर्णय र अन्य यस्तै सक्दा प्रायस मार्फत जाम घटाउन लागिपरेको महागरिय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले बताएका छन् ।

कोरोनाको जोखिम कम गर्न लागु गरिएको जोरबिजोर प्रणाली पनि हालसम्म  हटाउने औपचारिक निर्णय भने भएको छैन, तर उपत्यकामा भने व्यवहारमा जोरबिजोर प्रणाली लागु पनि भएको देखिंदैन नत ट्राफिक प्रहरीले नै कडाईका साथ चेकजाँच नै गरिरहेको छ, जसका कारण महामारीका बिच काठमाडौं उपत्यकामा जाम बढ्दै गइरहेको छ । राजधानिका मुख्य स्थान मध्ये कोटेश्वर, चाबहिल, कालीमाटी र पुतलिसडक क्षेत्रमा अन्य सामान्य अवस्था जस्तै जाम बढिरहेको छ । यसैका बिच प्रमुख जनक भट्टराईले ट्राफिक बत्तीको संख्या बढाउने र  सुधार्नेतर्फ पनिप्राविधिक पहुँचमा
 ट्रफिक व्यवस्थापन गर्न आधुनिक प्रविधिको शुरुवात गर्नेबारे आफू लागिपर्ने उनले बताएका छन् ।

ट्राफिक सचेतना कक्षा दिने साथै महानगरपालिका र स्थानीय प्रहरीसँग समन्वय गर्दै स्वयंसेवक समेत परिचालन गरेर सचेतना कक्षा दिनेबारे निर्णय भैरभहेको भट्टराईले  बताएका छन् ।

निजी र सार्वजनिक सवारीमा सचेतनामुलक स्टिकर टाँस्ने योजनाका साथ आफूहरु अन्य प्रविधिमा पनि यातायात व्यवस्था विभागसंग छलफलमा रहेको महाशाखा प्रमुख भट्टराइले बताएका छन् ।

उपत्यकाको ट्राफिक जामको समस्या समाधान गर्न यातायात व्यवस्था विगभाले भेहिकल ट्रयाकिङ सिस्टम ल्याउन लागेको बताइएको छ । सो सिस्टमबाट सवारीको गति मापन गर्न मिल्नेछ

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.