आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अदालतको सफाइ


आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका बाबा एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई आज सफाइ दिएको हो ।

आजको बहसमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन् । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित आरोपी गिरीले सफाइ पाएको जानकारी दिए ।

सो मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो । सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय अदालतले गरेको हो । गिरीविरुद्धको बलात्कार मुद्दा अहिले सर्वोच्च अदालतमा पनि छ । सर्वोच्चले गत साता गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope