कमल थापाको आह्वान : ‘जनता आउ राजा ल्याउ देश बचाउ’


पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित कार्यक्रमबाट राप्रपा नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्र्थापना गर्न सबै नागरिक उठ्न अपिल गरेका छन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले भने– ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मुलूक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिनसक्छ, त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’

अर्का अध्यक्ष कमल थापाले स्वतस्फुर्त सडकमा आएका नागरिकलाई कम्जोर नठान्न आग्रह गर्दै भने – ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिँडिराखेका छन्, त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’उनले थपे -‘राजा आउ देश बचाउन भन्ने भन्दा पनि ‘जनता आउ राजा ल्याउ देश बचाउ’

अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै  ‘हाम्रा एजेण्डाहरु स्पष्ट छन् । त्यसमा कुनै दुविधा छैन । हामीले भनेका छौं कि नेपालमा संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक छ ।’ संवैधानिक राजसस्था आवस्यक भएको भन्दै उनले भने  ‘नेपालको राष्ट्रिय एकताको लागि, हाम्रा विविधताको बीचमा एकता गर्नका लागि एउटा निस्पक्ष राष्ट्र प्रमुखको आवश्यकता रहन्छ संवैधानिक रुपमा । त्यसकारण हामीले संवैधानिक राजसंस्था भनेका हौं ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope