मौसम पूर्व अनुमान

२२ मंसिर २०७७, सोमबार ०७:३२

हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही  बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ।  प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.