रौतहट बमकाण्डका आरोपित पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ

२२ मंसिर २०७७, सोमबार १०:०१

रौतहट बमकाण्डका आरोपित पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ

रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।

भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरीले जानकारी दिएको छ  ।

२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए ।

आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.