प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा विश्वराज पोखरेल विरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
गृह मन्त्रालयले बढुवामा सिफारीस गरेका पोखरेल विरुध समितिमा उजुरी परेको हो ।
बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेललाई एआइजीमा बढुवा गर्न मंसिर १५ मा सिफारीस गरेको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा विश्वराजलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको हो । उजुरीमा डेढ वर्ष अघि नै भावी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिष्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले पनि यो उपयुक्त नभएको जनाइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com