११ बजे सर्वदलीय बैठक

२३ मंसिर २०७७, मंगलवार ०७:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठकको आव्हान गरेका छन्। 

बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठकमा समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। 

सर्वदलीय बैठक पछिल्लो समयमा राजतन्त्रको मागसहित सडकमा भइरहेको प्रदर्शन, कोरोना महामारीविरुद्धको लडाइँलगायतको विषयमा छलफल हुने बताइएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.