फ्रान्समा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

२४ मंसिर २०७७, बुधबार १०:२४

एजेन्सी । फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ ।

फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको हो ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो । दुर्घटनाको कारण खुलेको छैन । खराब मौसमले दुर्घटना भएको हुने अनुमान गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.