बीमा समितिको अध्यक्षमा चिरञ्जीवि नै कि अन्य कोहि !


काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल पुस १३ गते सकिँदैछ ।

योसँगै समितिको अध्यक्ष बन्नका लागि दौडधूप शुरु भएको छ । २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरूको नियमन गर्ने समितिको अध्यक्ष पदका लागि आधा दर्जन भन्दा बढी हस्तीहरू लबिङमा रहेका छन् । 

समितिको अध्यक्ष बन्नका बीमा समितिकै हालका अध्यक्ष चापागाईँ पहुँच पुगे दोहोर्याउने सोचमा छन् भने चापागाईँसँग ४ वर्षअघि सँगै अध्यक्ष लडेका तथा सरकारको अन्तिम निर्णयबाट बाहिरिएका पोखरा विश्वविद्यालयका प्रध्यापक डा.रविन्द्र घिमिरे पनि सरकारले पत्याएर आफूलाई अध्यक्ष बनाएमा बीमा क्षेत्रमा देखिएका विकृति हटाउने अठोटमा छन् । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला दौडधूपमा रहेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधूपमा गरिरहेका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला उनी अध्यक्ष बनेका चापागाईँ अध्यक्ष बनेका हुन् । अहिले पनि प्रचण्डले वहसमा भए उनै अध्यक्ष बन्ने छन् ।

अध्यक्षका प्रमुख दावेदारको रुपमा देखिएका डेपुटी गभर्नर शिवाकोटी पनि सरकारले आफूलाई उचित सम्मान दिनेमा विश्वस्त छन् । राष्ट्र बैंकमा लामो समयसम्म फाइल केलाएका शिवाकोटी अध्यक्ष बनेमा पक्कै पनि बीमा क्षेत्रमा देखिएका विकृति तथा विसंगती हट्ने आँकलन गरे पक्षले गरेको छ । शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । शिवाकोटीलाई गभर्नर बनाउन नसकिएको क्षतिपूर्ति स्वरुप समितिको अध्यक्ष पद हात लाग्न सक्ने अनुमान बजारले गर्न थालेको  छ । 

प्राडा. घिमिरे बीमा क्षेत्रको सैद्धान्तिक र व्यवहारिक दुबै ज्ञान भएका, बीमा बजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सुक्ष्म अध्ययन गरेका जानकार मानिन्छन् भने आईक्यान अध्यक्ष आचार्य राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समेत बनिसकेका र कर्मचारी सञ्चयकोषमा समेत सञ्चयकर्ताको बीमाका विषयमा नीतिगत व्यवस्था गरेका र आफू प्रशासक हुँदा छुट्टै छवि बनाएका थिए । घिमिरेले बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधि गरेका हुन् । 

लक्ष्मी प्रपन्न निरौला ३० वर्ष राष्ट्र बैंकमा बसेर वित्तीय क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका पूर्व कार्यकारी निर्देशक हुन् । उनले पनि बीमा समितिको अध्यक्ष बन्नको लागि शितलनिवाससम्म पहुँच बढाएका छन् । पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ अध्यक्ष बन्नको लागि पर्यटन मन्त्री योगेश भट्टराईको पछिपछि लागेको छन् ।

राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल पनि राष्ट्रपति विद्या भण्डारीको फेरो समाएर  अध्यक्ष बन्ने दाउमा छन् ।  चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु भने  आफ्नै बलबूतोमा सरकार निकट भएर बीमा समितिको अध्यक्ष बन्ने दाउ हेरिरहेका छन्  । 

२० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरि ४० वटा बीमा कम्पनीहरुको नियमन गर्ने समितिको अध्यक्ष पदलाई नेपाल राष्ट्र बैंकको गभर्नर र धितोपत्र बोर्डको अध्यक्षपछिको महत्वपूर्ण मानिन्छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope