भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ ।
महाँकाल त्रिुशलडाँडा उपभोक्ता बिकास संंस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनायारण ५ मा एक सय फिट अग्लो त्रिशुल तथा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापनाको शिलान्यासको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कांग्रेस नेता बिमलेन्द्र निधिले त्रिशुल स्थापना गर्नु ठूलो काम भएको भन्दै सबैको सहयोगको अपेक्षा गरिएको बताए ।
त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार ९ सय १३ रहेको छ । भित्रि भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुनेछ ।
मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ । त्रिशूलको निर्माण नौ महिनामा सक्ने लक्ष्य छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com