काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औल्याएका छन् ।
सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६ औँ बडापत्र दिवस ‘चार्टर डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महत्वमा जोड दिइरहेको बताएका हुन् ।
कोरोना महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पारे ।
सो क्रममा उनले अवरुद्ध सार्क शिखर सम्मेलन सुचारु गर्न नयाँ सुरुवात गर्दै प्रारम्भिक बैठक गरेर जनतामा आशा जगाइ अगाडि बढ्ने अवसर प्रदान गर्न सकिने बाटोसमेत भएका छन् ।
सन्देशमा सार्क क्षेत्रको गरिबी उन्मूलन, तीव्र आर्थिक वृद्धि र सामाजिक–सांस्कृतिक विकासको प्रगतिको माध्यमबाट स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न जोड दिइएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com