रोनाल्डो चम्कदाँ युभेन्ट्सले बार्सिलोनालाई हरायाे

२४ मंसिर २०७७, बुधबार ०६:५५

एजेन्सी । क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे ।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका छन् ।

रोनाल्डोको पेनाल्टी गोल मार्फत पाहुना टोली युभेन्ट्सले खेलमा अग्रता लिएको थियो ।

वेस्टन म्यानकेनीले त्यसको ७ मिनेटपछि युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे । रोनाल्डोले ५२ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाएका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् ।

सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो ।

समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुले । जितले युभेन्ट्सलाई समूहको शीर्ष स्थानमा राख्दै नकआउट चरण पुर्याएको छ । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्यो ।

सोही समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कोव्रोसी टीसीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.