काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता भएको छ ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु राखने गरि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।
अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेको १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५र६५ जना रहेका छन् भने दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ । यसअघि २०७४ साउन ११ मा एकिकृत भएको दुई पार्टी २०७५ पुस २७ मा फुटेका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com