काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीकाे शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रयास असफल बन्दै गएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउनका लागि भएको प्रयास असफल बन्दै गएको हो ।
उनले आफ्ना दूतमार्फत नेताहरुलाई फकाउने प्रयास गर्दै आएका छन् । ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महेश बस्नेत , स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत नेताहरुलाई सहमतिमा ल्याउन खटाउँदै आएका छन् ।
स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड निवास खुमलटार र नेता नेपाल निवास कोटेश्वरमा दूतलाई सहमतिका लागि अन्तिम प्रयास गरेका हुन् ।
‘प्रचण्डजीलाई वान टू वान वार्ताका लागि प्रस्ताव लिएर उहाँ (ओली) पक्षका नेताहरु खुमलटार धाइरहनु भएको छ । तर, प्रचण्डले सामूहिक निर्णयबाट पार्टीको विवाद समाधान गर्नुपर्ने जवाफ दिनु भएको छ’, प्रचण्ड निकट एक नेताले भने ।
प्रधानमन्त्री ओलीले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । गत मंसिर २१ गतेको बैठकमा प्रचण्डले उक्त प्रस्ताव फिर्ता नगरे आफू बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका थिए ।
प्रचण्डले सरकार असफल भएको, जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टी एक लौटी रुपमा सञ्चालन गरेको आरोप लगाएका थिए । ओलीले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
यता प्रधानमन्त्री अोलीले नेता नेपाललाई आफ्नो पक्षमा पार्न विभिन्न प्रलोभन देखाउने गरेको खुलेको छ । उनले नेता नेपाललाई कुनै एउटा पदको ग्यारेण्टी गरेका छन् ।
‘प्रधानमन्त्रीजीले पार्टीको विवाद मिलाउनका लागि वार्तामा आउन आग्रह गरे पनि दुवै नेताले अस्वीकार गर्नुभएको छ । सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता नहुने जवाफ दुवै नेताहरुले अोली समूहलाई दिनुभएको छ’, नेता नेपाल निकटका एक नेताले भने, ‘उहाँ (ओली) ले माधव कमरेडलाई एक पद ग्यारेण्टी भएको सन्देश पठाउनु भएको रहेछ । तर, कस्तो पद भन्दा कसैले पनि जवाफ दिनु भएको छैन् ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com