काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com