एजेन्सी । अमेरिकाको मिन्नियापोलिसको एउटा व्यस्त राजमार्गको इन्टरस्टेटमा अचानक एउटा सानो विमान अवतरण हुँदा त्यहाँ सवारी साधन चलाउँदै गरेका ड्राइभरहरु अक्क न बक्क भएका छन् ।
इन्जिनमा खराबी आएपछि सो विमानलाई त्यसरी राजमार्गको बिच भागमा अवतरण गरिएको बुझिएको छ ।
मिन्नियापोलिस देखि करिव सात माइल उत्तर पुर्वमा पर्ने आर्डन हिल्सको इन्टरस्टेट ३५ वेस्टमा सो विमानको आपतकबालिन अवतरण गरिएको थियो । राम्से काउनिट सेरिफको फेडरेसनले सो विमानको इन्जिन फेल भएको अनुमान गरेको छ ।
मिन्नेसोटा यातायात विभागले जडान गरेका क्यामेराबाट यस अस्वाभाविक अवतरणको भिडियो खिच्न सफल भएका छन् । प्रहरीका अनुसार बेल्लान्का भाइकिंग विमान अवतरण भएपछि एउटा कारसंग ठोकिए पनि कसैलाई कुनै चोट पटक लागेको छैन ।
पायलट मिन्नियापोलिस निवासी ५२ वर्षिय क्रेग गफिोर्ड रहेका छन् । शोखका लागि मात्र विमान चलाउने उनी अन्तर्राष्ट्रिय एरोव्याटिक उडान टोलिका सदस्य रहेको डब्ल्युसिसिओ टेलिभिजनले जनाएको छ । यस घटनापछि घन्टांै सम्म सो राजमार्ग अवरुद्ध हुनपुगेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com