नेकपाका प्रवक्ता श्रेष्ठ विवादमा, कमानसिंह लामाको यस्तो छ उनिमाथी आरोप


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ कमानसिंह लामाको मृत्यु प्रकरणमा विवादमा तानिएका छन् ।

पुर्व राजदूत समेत रहेका लामाको कोराना भाइरसको संक्रमणको कारण निधन भएपछि उनले मृत्यु पुर्व लेखेको फेसबुक स्टाटसमा श्रेष्ठको नाम जोडिएको छ ।

सनराईज खबर डट कमले लामा र श्रेष्ठबीच आर्थीक लेनदेन रहेको भिडियो समेत सार्वजनिक गरेको छ । लामाले फेसबुकमा इंगित गरेको आरोपसंग मिल्दोजुल्दो भिडियोमा उनिहरु दुवै जनाबीच लेनदेनको बिवाद रहेको प्रष्टै बुझ्न सकिन्छ । जसमा श्रेष्ठ परराष्ट्रमन्त्री हुंदा उनको स्वकिय सचिव रहेकी सुसन कर्मचार्यको समेत नाम जोडिएको छ ।

लामाले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्- 

प्रिय, तिमी त उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिए । ढोंगीहरुले त हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जाल झेल खेती सप्रेको नैछ साधा जीबन उच्च विचारका होर्डिंग  बोर्ड बगैंचा घरका भित्तामा टांसेका छौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ ।

श्रेष्ठको घरभरी नै सादा जिवन उच्च विचारका होर्डिंगहरु भएकाले पनि लामाले उनलाई नै यो भनेको बुझ्न सकिन्छ । नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्विट गर्दै कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको भन्दै नारायणकाजीमाथी सांकेतिक टिप्पणी गरेका छन् ।

श्रेष्ठ नेकपाभित्र विधी र पद्धतीको कुरा बढी गर्ने तर व्यवहारमा भने नउतार्ने नेताका रुपमा चिनिन्छन् । गोरखाबाट चुनावमा पराजित भएका श्रेष्ठले सुरुमा आफु चुनाव हारेपछि संसद नबन्ने बताएपनि पछि राष्ट्रियसभामार्फत सांसद बनेका थिए ।

यस्तो छ उनको टिप्पणी
कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन । हार्दिक श्रद्धान्जली । तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा ।

सनराईज खवरमा प्रकाशित समाचार र भिडियो-हेर्न लिंकमा क्लिक गर्नुहोस्


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope