काठमाडौं । महानगरीय प्रहरी आयुक्तको प्रमुखमा एआईजी हरिबहादुर पालको सरुवा भएको छ ।
विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजी पाललाई सरुवा गरेको हो ।
हालसम्म आयुक्त रहेका डीआईजी विश्वराज पोखरेलको एआईजीमा बढुवासँगै प्रहरी प्रधान कार्यालयका कार्य एवं अपराध अनुसन्धान विभागमा सरुवा भएपछि पाललाई महानगरीय प्रहरीको जिम्मेवारी दिइएको हो ।
केही समयअघि महानगरीय प्रहरी आयुक्तमा एआईजी राख्ने सरकारको निर्णयानुसार पालको सरुवा भएको हो । पाल कार्य एवं अपराध अनुसन्धान विभाग प्रमुख थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com