युरोपा लिग : नकआउट चरणमा पुग्ने ३२ वटै टिमको टुंगो लाग्यो

२६ मंसिर २०७७, शुक्रबार ०८:५४

एजेन्सी । आर्सनलले युरोपा लिग फुटबलमा समुह चरणका सबै छ खेलमा जित निकालेको छ ।

समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई चार दुई गोल अन्तरले हराउदै शत प्रतिशत जित निकालेको हो ।

एडवार्ड एनकेइटा, मोहमेद एल्नेनी, जोसेप विललक र फोलारिन बालोगुनले एक–एक गोल गरे । डुनडल्कका जोर्डन फ्लोरेस र सिन होआरेले गोल फर्काए ।

अर्को खेलमा इंग्ल्याण्डको टोटनह्यामले बेल्जियमको रोयल एन्ट्रेपलाई दुई शुन्यले हराएको छ । उसका लागि कार्लाेस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे । टोटनह्याम समहू विजेता र एन्ट्रेप उपविजेताको रुपमा नकआउट चरणमा पुगेका छन् ।

लेष्टर सिटीले एईके एथेन्सलाई तथा रेन्जर्सले लेछ पोयानलाई समान दुई शुन्यले हराएका छन् । गएराति एसि मिलान, सेल्टीक, स्पोर्टिङ ब्रागा, होफनहाइम र डाईनामो जाग्रेब पनि विजयी भए ।

गएराति समूह चरणका खेलहरु सकिएसँगै थप ६ वटा टोलीले नकआउट चरणमा ठाँउ सुरक्षित गरेका छन् । यो सँगै युरोपा लिग फुटबलमा नकआउट चरणमा पुग्ने सबै ३२ वटा टोलीको टुंगो लागेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.