सडकले धानेको रामप्रसादको जिन्दगी

२६ मंसिर २०७७, शुक्रबार ११:२१

कृपा भण्डारी
काठमाण्डौँ,मंसिर २६

काठमाण्डौँ धापासी चौकीको ठीक विपरित सडकको छेउ कसैको लागि हिँड्ने बाटो त कसैका लागि सामान्य एउटा पिच सडकको छेउमात्र । तर त्यही सडकको छेउ काम गर्ने रामप्रसाद रामको लागि आफनो जिन्दगी जिउने साहारा र भोलीको भविष्य पनि बनेको छ । एउटै ठाँउ एउटै दैनिकिले हेर्दाहेर्दे पन्ध्र बर्ष कटाएछ । यो बिचमा धेरै परिवर्तनहरु भए तर रामप्रसादको दैनिकी विगत १५ बर्षदेखि एउटै र उस्तै छ ।

जुत्ता चप्पल बनाउने रामकुमारलाई त्यही सडकको एक छेउले १५ वर्षदेखि विहान बेलुकाको छाक टार्ने र काठमाण्डौँमा आफनो परिवार पाल्ने हैसियत प्रदान गरेको छ । रामकुमार विहानै ८ बजे सडकछेउ आउँछन र फिजाउँछन् जुत्ता, चप्पल मर्मतका सरसामानहरु जस्तै पोलिस, किला, काँटी, जुत्ताका तलुवा आदि, इत्यादि ।

आजभन्दा १७ वर्षदेखि काम पाउने आसामा आफन्तकोमा शरण लिन काठमाण्डौँ आएका रामप्रसाद सुरुवातमा काठमाण्डौँमा यत्तिका बर्ष विताईएला भन्ने कल्पना पनि गरेका थिएनन् । आफन्तकै सल्लाहमा उनले गरिरहेको यहि जुत्ता चप्प्लको काम हेर्दाहेर्दे पछि आफै यसको व्यवसाय गर्न सक्ने भए ।

‘मेरै आँखा अघि यो कच्ची बाटोमा कति चोटी कालो पत्रे लाग्यो, लाग्यो भनेर साध्य छैन,’ उनि भन्छन। ‘कालो पत्र लगाउँछन् फेरी भत्किन्छ, फेरी थप्छन, फेरी भत्किन्छ। ‘ एक हातले देखाउदै भन्छन ‘हेर्नुहोस त फेरी लाउनु पर्ने बेला भाको छ, खाल्डा खुल्डि हुन थाल्यो’। १५ बर्षको अवधिमा बरु उनको जीवन बदल्यो तर बाटाको जीवन बद्लिएन, ब्यबस्था बद्लिएन, नेताहरुको ब्यबहार बद्लिएन। ‘मलाई केहि गुनासो छैन जीवनसँग,’ उनि भन्छन।

“सूरुमा त गर्न सक्दिन झैँ लागेको थियो”उनले भने “पछि सिक्दै जाँदा सबै गर्न सक्ने भए” । विगत १५ बर्षमा धापासी चौकी आसपास धेरै परिवर्तनहरु भए । उनी भन्छन् “ मेरै आँखा अगाडी कति घर, विल्डििङ ठडिए, कति भत्किए” उनी भन्छन् “ पहिला यहाँ केही थिएन, एक दूई वटा घरहरु मात्र थिए , पछि थुप्रै थपिए । ग्रिन सिटी हस्पिटल, कान्तिपुर डेन्टल अस्पताल जस्ता विल्डिङहरु पनि पछि थपिए”।

खुल्ला आकाशमुनिको उनको कामले अहिले दुई छोराछोरी,श्रीमतीको भरणपोषण गरेको छ । “सुरुमा परिवार पाल्न ग्राहो हुन्छ जस्तो लागेको थियो, अहिले छोरालाई बोडिङ स्कुलदेखि सबै खर्च गर्न सक्षम भएको छु”गर्विलो पाराले उनले भने ।

कामलाई भगवान मान्ने उनी काम गर्न लाज मान्न नहुने सुझाउँछन् । “सानो ठूलो जे भएपनि काम गर्न लजाउनु हुँदैन” उनले भने “ कामले नै माम दिन्छ । रामप्रसाद राम दैनिक आठदेखि एक हजार सम्म कमाई गर्छन् । जुत्ताचप्पल बनाउन धेरै मान्छे उनकोमा आउँछन् ।

आउनेमध्य लागेको पारिश्रमिक खुरुक्क झिकेर कमैले दिने उनी बताउँछन् । “ कोहीकोही मानिस त सा¥है किचकिच गर्छन्, थोरै पैसा दिन पनि धेरै बार्गेनिङ गर्छन” उनी भन्छन् । स्वाभिमानी भएर आफू र आफनो परिवार पाल्न सकेकोमा उनलाई गर्व महशुश हुन्छ ।

विदेशमा मात्र हैन काम गर्ने ईच्छाशक्ति राख्ने हो भने आफनै देशमा पनि अनेकौँ कामको सम्भावनाहरु रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.