२९ गतेको प्रदर्शनका लागि कांग्रेसका दश नारा तय, शिर्ष नेताले संवोधन, गर्ने कुन नेता कहाँ ?

२६ मंसिर २०७७, शुक्रबार १६:१६

सरकार भष्टाचारमा लिप्त भएको, आफ्ना नेता कार्यकर्ता माथी दमन गरेको भन्दै मिंसर २९ गते नेपाली काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने यसअघि नै निर्णय गरेको छ । सोही निर्णयका आधारमा काँग्रेसले देशव्यापी प्रदर्शनमा गरिने नारा तय गरेको छ ।

काँग्रेसले केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइन भन्दै दश नारा तय गरेको छ ।

– चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार,

-जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा,

-औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन,

– बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’

– अति भो अति भो, मुलुककै छवि क्ष्यति भो

७७ वटा जिल्लामा हुने प्रदशर्नमा नेपाली काँग्रेसका शिर्ष नेता उपस्थित हुने भएका छन् । जसमा

– सभापति शेरबहादुर देउवा- हेटौंडा,

– वरिष्ठ नेता रामचन्द्र पौडेल- काठमाडौं,

– उपसभापति विमलेन्द्र निधि- भक्तपुर,

– महामन्त्री शशांक कोइराला- विराटनगर,

– कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर

– कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

– सहमहामन्त्री प्रकाशशरण -महत झापा,

– पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे,

– पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा

– पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी,

– चित्रलेखा यादव – सप्तरी,

– रामशरण महत – चितवन, र  

– अर्जुननरसिंह केसी – पोखरामा हुने कार्यक्रममा सहभागी हुने छन् ।

जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.