काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह गरेको पछिल्लो अपडेट अनुसार ७ हजार ४१४ को पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १८४ रहेको छ।
नेपालमा हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म २ लाख ३२ हजार ८७२ जना निको भएका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल मृतकको संख्या १ हजार ६७४ पुगेको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com