काठमाडौं । नेकपा भित्रको आन्तरिक किचलो तथा प्रमुख प्रतिपक्षी दलभित्र पनि उस्तै अवस्था श्रीर्जना भएका समयमा वैकल्पिक शक्तिको बहस समेत बढेको छ ।
आफुलाई वैकल्पिक शक्तिको रुपमा विकास गर्ने भन्दै पुन: विवेकशिल साँझाले एकिकरण गरेका छन् भने सडकमा समेत राजा आउ देश बचाउका नाराहरु घन्किन थालेको हप्ता दिन भन्दा बढि भएको छ ।
सरकार भष्ट्राचारमा लिप्त भएको, जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा संवेदन हिन भएको जस्ता आरोप लगाउदैँ प्रखुम प्रतिपक्षी नेपाली काँग्रेसले मंसिर २९मा देश भर प्रदर्शन गर्दै छ । तेस्तै राप्रपाका दैनिक जसो प्रदर्शन देश व्यापी हुदैं आएका छन् ।
सनिवार मात्र राजतन्त्रको माग गर्दै ललितपुरमा विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाको नेतृत्वमा शनिबार राजसंस्थाको पक्षमा मोटरसाइकल र्याली निकालिएको हो ।
‘राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’का नारा सहित सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com