नेपालको कर्मचारीतन्त्र र नागरिकको दुखान्त (कविता)
उ गाउँ बाट आउँछ काठमान्डू शहर
बोकेर एउटा कम्पनी खोल्ने रहर
‘अहिले त अलि सजिलो छ,’ उ भन्छ
‘आधा काम त अनलाईन मै हुन्छ’ !
तर गर्नु के ? धेरैले जानेको छैन चलाउन कम्प्युटर
युजर फ़्रेण्डलि छैन साइट अलमलमा पर्छन युजर !
बिचमा आउँछन बिचौलिया, सके पैसा खुवाउ
आफै गर्न सक्ने काममा, केहि हजार चढाउ !
पैसा नहुनेहरु लाग्छन लाईन धाउँछन हरेक दिन
कुरा बुझ्न मात्र दुई दिन फाईल बन्न अर्को दिन !
फोन उठ्दैन भन्या बेला धाउनै पर्छ कार्यलय
सोध पुछ मै दिन जान्छ, काम बन्दैनकि भन्ने भय !
घरी एउटा झ्याल धाउँछ घरि अर्को झ्याल
धाउँदा धाउँदै हत्तु भई बन्छ उ बुढो स्याल !
तोक लाउने एउटा झ्याल त, दर्ता गर्ने अर्को
फोटो खिच्ने फेरी अर्को, पैसा बुझाउने अर्को
फायल किन्ने एउटा झ्याल, बनाउने अर्को
रसिद काट्ने अर्को झ्याल, तोक लाउने अर्को
छाप लाउने फेरी अर्को, हस्ताक्षरको अर्को
कुद्दाकुद्दै लाइनको बढ्छ त्यही ठाउँमा लर्को !!
‘एउटै झ्यालबाट सबै काम किन हुदैन,
सबै झ्यालले एउटै काम किन गर्दैन ?
चुस्त, चाँडो, छरितो काम किन हुदैन?’
भन्दै आक्रोश पोख्छ उ, सुन्ने उसलाई कसले ?
त्यही प्रणालीमा अभ्यस्तहरु बिच हुन्छ उ ‘गोफ्ले’ ।
हाँसका बिचमा बकुल्लो हुन्छ गरोस उसले के
लुरुलुरु कुदिरहन्छ गर्न प्रशासनले भन्छ जे जे ।
उजुरी गर्न जाँदा, अधिकारीले सुने झै गर्छ
“लौ लौ बाबू यिनको काम झट्टै” गर्देउ भन्छ
र पठाउँछ कुन्नी कसलाई साथ लगाएर
बुझ्दा उही हुन्छ काम लिने पैसा खुवाएर ।
आखिर केहि गर्दा कुनै उपाय नलागेपछी,
१ दिनमा हुने काम १ महिनालाग्ने देखेपछी
सजिलो त बिचौलियाकै साथ लिदा हुने रैछ
महिनौ दिन धाउने काठमान्डू खर्च भन्दा
बिचौलिया कै रकम पो सस्तो पर्ने रैछ !
भन्ने बुझ्छ र बुझाउछ मागे जति रकम
१ दिनमै हुन्छ उसको हुनुपर्ने काम तमाम !
“थुक्क, मेरो देशको बिउरोक्रेसी” भन्दै पिच्च थुक्छ
सरकारको मुखमा तर छिटा आफ्नै अनुहारमा पर्छ ।
उ ठान्छ अब काम सकियो, तर काम बल्ल सुरु हुन्छ
घरि डुल्छ वडा कार्यलय, घरि राजस्व कार्यलय जान्छ
प्रकृया फेरी त्यही हो भन्ने त्यहिँ पुगेपछी थाहा पाउँछ
पहिलो दुख के दुख? त्यहाँ पुगेपछी रियल दुख पाउँछ !
अरे वा, कर तिर्ने मान्छेहरूको लाईन एकछिन ट्वाल्ल पर्छ
भत्केको बाटो, भत्केको पुल, अनि झलझली सम्झिन्छ
गरिबी, बेरोजगार, र सपना बाढ्ने नेपाल सरकार ।
उसको मुखबाट आगो निस्किन्छ “कहाँ जान्छ यो कर ?”
बोटलबाट पानी पिउछ, आगो निभाउँछ, र बाहिर निक्लिन्छ !
तुलसी आचार्यका यी कविताहरु पनि पढ्नुहोस:
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस