काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको हो । यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् ।
उता प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख सापकोटाा समेत अनुपस्थित भएपछि परिषद् बैठक प्रभावित भएको जनाइएको छ ।
दुई सदस्य अनुपस्थित भएपछि गणपुरक संख्याको अभावमा बैठक स्थगित भएको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका छन् ।
६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीस, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने गर्छन् । बैठक बस्नका लागि ५ जनाको अनिवार्य उपस्थिति हुनुपर्छ ।
एक वर्षदेखि उपभामुख रिक्त रहेका कारण अहिले रहेका सबै सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्न सक्छ । संवैधानिक परिषद ऐन २०६६ को दफा ६ को उप–दफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरेको छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने गर्छन् ।
तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राण र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएपछि बैठक प्रभावित बनेको हो ।
परिषदको बैठक नबस्दा विभिन्न संवैधानिक आयोगमा रिक्त ४५ पदमा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com