माइतिघरमा उखु किसानको प्रदर्शन

२८ मंसिर २०७७, आईतवार ०७:४१

काठमाडौं । गुलियो उखुको तितो कथा भन्दै पटक पटक सञ्चार माध्यमले हेडलाईन सहित समाचार प्रकाशन\ प्रशारण गरे । सरकारले समेत उखु किसानका समस्या त्ताकाल समाधान गर्ने धन्दै किसानलाई आस्वासन समेत दियो तर किसानका समस्या ज्यूका त्यू छन् ।

गाउँमा रहेका किसानका समस्या राज्यले नसुनेको भन्दै किसानहरु पुन काठमाडौं आइपुगेका छन् । सर्लाहीबाट काठमाडौं आइपुगेका किसानले आज विहान ११ बजे माइतीघर मण्डलमा आन्दोलन गर्दै छन् । यस अघि पनि कसानहरु काठमाडौ आएर आन्दोलन गरेपछि उद्योगमन्त्रीले मन्त्रालयमा नै लगेर त्तकाल समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.