एजेन्सी । भारतको टेलिभिजन रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई प्रहरीले पक्राउ गरेको छ ।
मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ ।
केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन)को प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी गरेको आरोप उनीमाथि छ ।
एनसीएन प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देखाएर टीआरपीमा घोटला गरेको उनीमाथि अभियोग लगाइएको छ । रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।
खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।गत अक्टोबरमा सार्वजनिक भएको टीआरपी घोटला प्रकरणमा मुम्बइ प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com