पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

२९ मंसिर २०७७, सोमबार ०७:३९

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

आद्रता ८४ प्रतिशत रहेको छ भने बायुको गति ८ किलोमिटर प्रति घण्टा मापन गरिएको छ । आज दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ ।

त्यस्तै देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ।

आज राती प्रदेश नं १ लगायत देशको पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने छ । त्यस्तै देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.