संबैधानिक परिषद बैठकमा कांग्रेस सहभागी नहुने

३० मंसिर २०७७, मंगलवार १७:००

काठमाडौ । अध्यादेश जारी गरेर बोलाईएको संबैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।

आज विहानको संबैधानिक परिषद बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी भएका थिए ।

तर प्रधानमन्त्रीले अध्यादेशमार्फत संबैधानिक परिषद सम्वन्धि ऐन संसोधन गरेपछि देउवा साँझको बैठकमा नजाने भएका हुन् ।सरकारले संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ को दफा ६ मा रहेको गणपुरक संख्यालाई अध्यादेशमार्फत घटाएपछि कांग्रेस बैठकमै नजाने भएको हो।

प्रधानमन्त्री ओलीले साँझ पाँच बजेपछि बालुवाटारमा बैठक बोलाएका छन् । बैठकमा सभामुख अग्नी सापकोटा पनि सहभागी नहुने बताईएको छ ।

अध्यादेशले गणपुरक संख्या सम्वन्धि व्यवस्था हटाएकाले दुवै जना नजादा पनि परिषद बैठकले निर्णय गर्न सक्नेछ । बैठकमा अख्तियार, मानव अधिकार आयोग लगायत रिक्त ४५ पदमा नियुक्ति बारे छलफल हुनेछ ।

यसअघि गत वैशाखमा गणपुरक संख्या घटाउने अध्यादेशको विरोध गर्दै कांग्रेसले फिर्ता लिन दबाब दिएको थियो। चर्को दबाबपछि सरकार वैशाख ११ गते अध्यादेश फिर्ता गरेको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.